कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पार्टी कमिटीको निर्णय मान्न प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको सुझाव

प्रधानमन्त्रीलाई मन्त्री भुसालले भने, 'तपाईं बलियो हुँदा लोकतन्त्र कमजोर हुन्छ, तपाईं कमजोर हुँदा राष्ट्रिय हित कमजोर हुन्छ'
आवश्यक परे राजीनामा दिन मन्त्रीहरु तयार

काठमाडौँ — सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि उनले बोलाएको बैठकमा उनलाई यस्तो सुझाव दिइएको हो । 

पार्टी कमिटीको निर्णय मान्न प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको सुझाव

'अधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु भनेर अघि बढ्न सुझाव दिएका छौं,' कृषि मन्त्री घनश्याम भुसालले कान्तिपुरसँग भने । भुसाललगायत केही मन्त्रीले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको पनि बताएका थिए ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई कर्नर गरिएको अपमानित गरिएको बताएका थिए । उनीपछि बोल्दै भुसालले ओलीका विषयमा आफ्नो मूल्यांकन सुनाएका थिए । भुसालले भने, 'मैले उहाँका बारे मेरो मूल्यांकन पनि सुनाएँ-तपाई बलियो हुँदा लोकतन्त्र कमजोर हुन्छ, तपाईं कमजोर हुँदा राष्ट्रिय हित कमजोर हुन्छ ।' भुसालले पार्टीकै कारण सत्ता र शक्ति प्राप्त भएको भन्दै म नै सर्वोपरि हुँ भन्ने नसोची पार्टीलाई नै सबैकुरा समर्पण गर्छु भनेर अघि बढ्न सुझाव दिएका थिए । 'तपाईं कमिटीको कुरा मान्छु भनेर अघि बढ्नुस् कमिटीले सबैको मानमनितो राखिदिनेछ,' भुसालले आफूले छलफलमा बोलेको बताए ।

छलफलमा सुवास नेम्वाङ, मणि थापा, लेखराज भट्ट लगायतका नेताहरुले पनि पार्टी एकताका लागि प्रधानमन्त्रीले फराकिलो सोच राख्नुपर्ने सुझाव दिएका थिए ।

बुधबार ११ बजे बस्ने स्थायी कमिटी बैठकमा पनि राजीनामाकै विषयले प्रधानता पाउने छ । आजको बैठकमा ओली पक्षीय नेताहरुले उनको बचाउमा बोल्ने बताइएको छ । बैठकमा के–कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि भेलामा छलफल भएको थियो ।

प्रकाशित : असार १७, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?