कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एक घण्टा बसेर स्थगित भयो नेकपा बैठक

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ । बुधबार बालुवाटारमा बसेको पाँचौं दिनको बैठक एक घण्टा बसेर स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

एक घण्टा बसेर स्थगित भयो नेकपा बैठक

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएपछि त्यसमा सांसदहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सांसद छन्त्यालको बुधबार बिहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । बैठकमा मंगलबारकै एजेन्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रित रहेर बैठकमा पाँच नेताले आफ्ना धारणा राखेका छन् ।

लीलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाई र पेशल खतिवडा र योगेश भट्टराईले धारणा राखेका छन् । जसमध्ये चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा दिनुपर्ने सुझाव दिएका छन् । तर, पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन नेताहरुलाई सुझाव दिएका छन् । अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

प्रकाशित : असार १७, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?