कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित

बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द गर्ने भएको छ । कांग्रेसले शुक्रबार पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ । मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको छ । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार निधन भएको थियो ।

मुटुको रोगी सांसद छन्त्यालको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा बुधबार निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित : असार १७, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?