१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सत्याग्रहीको माग पूरा गर्न नागरिक समाजका अगुवाको ध्यानाकर्षण

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्नुपर्ने भन्दै युवाहरूले थालेको आन्दोलनलाई नागरिक समाजका अगुवाहरूले समर्थन जनाएका छन् । नागरिक समाजका अगुवाहरूले यो माग गर्दै सत्याग्रहजस्तो गम्भीर अश्त्र प्रयोग गर्न बाध्य भएका युवाको माग पूरा गर्न आग्रह गरेका हुन् ।

सत्याग्रहीको माग पूरा गर्न नागरिक समाजका अगुवाको ध्यानाकर्षण

उनीहरुले कोरोना भाइरस नियन्त्रण र रोकथाम तथा संक्रमितको उपचारमा सरकारले जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् । यसरी वक्तव्य प्रकाशित गर्नेमा दमननाथ ढुंगाना, शुशीला कार्की, अनुराधा कोइराला, केदारभक्त माथेमा, विद्याधर मल्लिक, कपिल श्रेष्ठ, नोबेलकिशोर राई, चाँदनी जोशी, यादव खरेल र अभि सुवेदी छन् ।

कोरोना भाइरस संक्रमण रोक्न माग गर्दै युवाहरूले प्रदर्शन गरेको र त्यसो गर्दा सरकारले सुनुवाइ नगरेकोप्रति नागरिक समाजका अगुवाहरूले ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै युवाहरूले केही समय अगाडि गरेको देशव्यापी प्रदर्शनको सुनुवाइ नभएसँगै बाध्य भएर केही सत्याग्रहजस्तो अहिंसात्मक आन्दोलनको गम्भीर अस्त्र प्रयोग गर्न बाध्य भएका छन् । त्यसैले उनीहरूको माग तत्काल पूरा गर्दै आफ्नो जिम्मेवारी वहन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउँछौं ।'

'कोभिड नियन्त्रणमा भएका ढिलासुस्ती र अनियमितताहरू तथा कमजोर व्यवस्थापनका कारण सातैपिच्छे अनाहक मानिसको मृत्यु भएको समाचारहरू आइरहेका छन् । खास गरी संक्रमण पत्ता लगाउन यथेष्ट पीसीआर जाँच नहुँदा तथा क्वारेन्टाइनको व्यवस्थापन कमजोर हुँदा अनावश्यक रूपमा संक्रमण फैलिने, मानिसहरू अरु रोगको समेत उपचार नपाएर मृत्यु हुने तथा आत्महत्यासमेत हुने अवस्था आएको छ,' विज्ञप्तिमा भनिएको छ ।

युवाहरूले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्न र पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने माग राख्दै काठमाडौंलगायत विभिन्न सहरहरूमा प्रदर्शन गरेका थिए । 'इनफ इज इनफ' भन्दै युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।

प्रकाशित : असार १७, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?