कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गंगालालमा मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन् ।

गंगालालमा मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र आज पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बुधबार बिहान पार्टीका नेता र मन्त्रीहरूसँग पछिल्लो राजनीतिक विवादबारे छलफल गरेका प्रधानमन्त्री ओली ११ बजे पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । त्यसपछि उनी संसद बैठकमा गएका थिए ।

प्रधानमन्त्रीले फागुन तेस्रो साता दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका थिए ।

प्रकाशित : असार १७, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?