१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ ।

थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि थप रणनीति तय गर्न दाहाल र वरिष्ठ नेता नेपाल समूहले भेला गरेका छन् । भेला अहिले पनि जारी छ । ललितपुरको एक होटलमा करिब एक घण्टादेखि जारी भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत समूहका स्थायी कमिटी सदस्यहरु भेलामा सहभागि छन् ।

मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए ।

सचिवालयका पाँचसहित मंगलबार र बुधबार बोल्ने स्थायी कमिटीका अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले पनि बिहान आफू निकट नेताहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र र केही नेताहरु लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ । बुधबार केहीबेर बसेको स्थायी कमिटी बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित : असार १७, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?