२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वीर, पाटन र शिक्षण अस्पतालमा सशुल्क पीसीआर परीक्षण

काठमाडौँ — भिसा, निरोगिता प्रमाणपत्र लिन र निजी अस्पतालमा शल्यक्रिया गराउन आउनेले ५ हजार ५ सय रुपैयाँ तिरेर राजधानीका तीन अस्पतालबाट कोरोनाको पीसीआर परीक्षण गराउन थालेका छन् ।

वीर, पाटन र शिक्षण अस्पतालमा सशुल्क पीसीआर परीक्षण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाल वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा सरकारले नि:शुल्क कोरोना परीक्षण गर्ने मापदण्डमा नपरेकाहरूले ५ हजार ५ सय सय शुल्क तिरेर पीसीआर परीक्षण गराउन पाउँछन् । तर यी तीनवटै अस्पतालले दैनिक गर्ने कोरोना परीक्षणको अधिकतम २५ प्रतिशतसम्म मात्र सशुल्क परीक्षण गर्न सक्ने प्रावधान छ ।

‘भिसा लिन, निरोगिता प्रमाणपत्रका लागि र निजी अस्पतालमा शल्यक्रिया गराउनका लागि शुल्क तिरेर यी ३ वटा अस्पतालबाट कोरोना परीक्षण गराउन सक्छन्’, उनले भने । तर लक्षण नदेखिएका व्यक्तिहरूले भने शुल्क तिरेर कोरोना परीक्षण गराउने बेला नआएको समेत डा.गौतमले बताए ।

हाल दैनिक २०–२५ जनाले शुल्क तिरेर कोरोना परीक्षण गराइरहेको उल्लेख गर्दै वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरी भन्छन्, ‘सरकारले तोकेको टेस्ट गर्ने ‘क्राइटेरिया’ मा परेकाहरूलाई नि:शुल्क गर्छौं भने त्यसबाहेकका लागि मात्र शुल्क लिइन्छ ।’

११ बजेभित्र नमुना दिनेहरूको त्यही दिन नतिजा आउने, त्यसपछि दिनेहरूको अर्को दिन दिइने उनले बताए । उनका अनुसार हाल वीर अस्पतालमा तीन सिफ्टमा गरी दैनिक करिब १ सय ५० नमुनाको कोरोना परीक्षण हुने गरेको छ ।

प्रकाशित : असार १८, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?