कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए दाहाल

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब १ घन्टा भेटवार्ता गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फर्किएका छन् । बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित भएपछि दाहाल बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए दाहाल

दाहाल प्रधानमन्त्री निवास बालुवाटार फर्किएसँगै नेकपा स्थायी कमिटी बैठक बस्ने कि स्थगित गर्ने भन्ने निर्णय हुनेछ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेर पार्टीभित्रको विवादबारे छलफल गर्नुपर्ने माग गरेका छन् ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।

प्रकाशित : असार १८, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?