कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘फेसबुक लाइभ’ गरेर आत्महत्या

दुर्गालाल केसी

दाङ — तुलसीपुरकी एक युवतीले बुधबार मध्यरातमा फेसबुक लाइभ गरिन् । आत्महत्याको तयारी गरिरहेको सो भिडियो देख्नेले चितवनबाट प्रहरीलाई खबर गरे ।

‘फेसबुक लाइभ’ गरेर आत्महत्या

भिडियो लाइभ भइरहेको स्थान खोजी गर्न प्रहरी खटाइयो । सजिलै नभेटिएपछि प्रहरीको साइबर क्राइम ब्युरोमा सम्पर्क गरी लोकेसन मागियो । तुलसीपुरको रानीजरुवा क्षेत्रबाट भिडियो लाइभ भइरहेको जानकारी पाएपछि त्यस क्षेत्रका एक युवाको फोन नम्बर पनि प्राप्त भयो । प्रहरीले ती व्यक्तिलाई फोन गरी युवती बसेको घर पत्ता लगायो ।

यति गर्दासम्म युवतीले पंखामा झुन्डिएर आत्महत्या गरिसकेकी थिइन् । यसरी मृत्यु रोज्ने तुलसीपुर–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम थिइन् । भिडियोमा पटकपटक नमस्कार गर्दै, कान समात्दै पंखामा झुन्डिन खोज्दै गरेको देखिन्छ । ‘तीन मिनेटमा सबै काम सकिएको छ । हामीले खोज्दाखोज्दै समय लाग्यो । बचाउन सकिएन,’ इलाका प्रहरी तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले भने, ‘मध्यरातमा भएकाले घर पत्ता लगाउन कठिन भयो ।’ गौतमले झुन्डिनुअघि ‘मेरो लासको मलामी तिमी हुनु’ बोलको गीत बजाएकी थिइन् । राति साढे १ बजेतिर ३ मिनेट ४० सेकेन्डको भिडियो लाइभ भएको थियो । भिडियोमा बत्ती अफ गर्दै फेरि पंखाको नजिक पुग्दै, फेरि अन गर्दै गरेको देखिन्छ । ‘प्रविधिले अचम्मका घटना हुन थाले । आत्महत्या गर्दासमेत लाइभ हुनु अचम्मको कुरा हो,’ डीएसपी सिंहले भने, ‘मध्यरातमा भएकाले धेरैलाई थाहा भएन । रातभर खोजी गर्दै भौंतारिनुपर्‍यो ।’

एलिसाको दुईपटक विवाह भएको र अहिले माइतीमा एक्लै बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्रडम्बर पालले बताए । उनका बुबाआमा रोजगारीका सिलसिलामा एक वर्षअघि भारत गएपछि घरमा उनी एक्लै रहेकी थिइन् । एलिसाको गंगादेव गाउँपालिका–६, रोल्पाका पुरुषसँग ०७० सालमा विवाह भएको थियो । ‘०७१ पुसमा छोरी जन्मेको र उनी अहिले आफ्ना बाबुसितै रहेको थाहा भएको छ,’ पालले भने, ‘छोरी जन्मेको दुई वर्षपछि एलिसाको सम्बन्धविच्छेद भयो । त्यसको दुई महिनापछि गंगादेव–७ का पुरुषसँग फेरि विवाह भएको रहेछ ।’

दोस्रो श्रीमान्ले अर्कै युवती लिएर भारततिर गएपछि एलिसा वैदेशिक रोजगारीका लागि ०७४ मा मलेसिया गएकी थिइन् । ‘सात महिनापछि फर्केर तुलसीपुरस्थित माइतीमा आइन् । माइतीमा केही दिन बसेर काठमाडौं गइन्,’ उनले भने, ‘काठमाडौंमा एक वर्ष बसेर पाँच महिनाअघि तुलसीपुर आएर बसेकी थिइन् ।’ उनी बस्ने गरेको माइतीघरमा १५ महिनादेखि दुई कोठा भाडामा लिएर एक मजदुर बस्दै आएको पालले बताए । उनको कोठाबाट ‘आई लभ यु मम् । मलाई हजुरको धेरै याद आयो । म आज धेरै दुःखी छु । मेरो भाग्य हेर्नु त । म आज अन्तिम अवस्थामा पुगेको छु’ लेखेको नोटबुक प्राप्त भएको उनले बताए । आत्महत्याबारे प्रहरीले साइबर क्राइम ब्युरोसँग समन्वय गरेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : असार १९, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?