१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संघनायक ज्ञानपूर्णिक महास्थविरको निधन

काठमाडौँ — संघनायक ज्ञानपूर्णिक महास्थविरको शुक्रबार ८१ वर्षकाे उमेरमा निधन भएको छ । मृगौलाको समस्याका कारण उनी सुमेरु अस्पतालमा उपचाररत थिए । अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यका अनुसार उनको शुक्रबार बिहान साढे चार बजे निधन भएको हो ।

संघनायक ज्ञानपूर्णिक महास्थविरको निधन

ज्ञानपूर्णिक २०७६ वैशाख १ मा संघ महानायक भएका थिए । नेपाली थेरवादी भिक्षुको सर्वाेच्च पदमा पुग्ने उनी सातौं संघनायक हुन् । उनी अखिल नेपाल भिक्षु संघका पूर्व अध्यक्ष र विश्व शान्ति महाविहारका प्रमुख पनि थिए । १९९६ सालमा उनको पाल्पाको तानसेनमा जन्म भएको थियो ।

नेपालमा बौद्ध धर्मको पुनर्जागरणमा संघनायक ज्ञानपूर्णिक महास्थविरको ठूलो भूमिका रहेको मानिन्छ । उनले बौद्ध धर्म सम्बन्धी नेपाली र नेपाल भाषामा धेरै पुस्तक पनि लेखेका छन् । उनी १६ वर्षको उमेरमै बौद्ध धर्म अध्ययनका लागि बर्मा पुगेका थिए । उनलाई अभिधम्मको राम्रो व्या ख्यता मानिन्छ ।

प्रकाशित : असार १९, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?