३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पार्टी एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरु सक्रिय

काठमाडौँ — पार्टी फुटकै नजिक पुग्न लागेको भन्दै सत्तारुढ दल नेकपाका दोस्रो तहका नेताहरुले संवाद सुरु गरेका छन् । नेकपाको जारी स्थायी कमिटी बैठक एक दिनलाई स्थगित गरेर शीर्ष नेतादेखि दोस्रो तहका नेताहरु सहमतिका लागि संवादमा जुटेका हुन् । 

पार्टी एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरु सक्रिय

शुक्रबार बिहान कृषि मन्त्री घनश्याम भुसालको पुल्चोकस्थित निवासमा नेकपाका दोस्रो तहका नेताहरुले छलफल गरेका थिए । छलफलमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरु सहभागि थिए ।

छलफलमा सहभागि नेता मणि थापाले पार्टीलाई फुटबाट जोगाउन शीर्ष नेताहरुलाई खबरदारी गर्ने निर्णय गरेको बताए । नेता थापाले पार्टी एकता हुँदाको मुख्य सिद्धान्तमा टेकेर पार्टीलाई अगाडि बढाउन नेताहरुलाई सुझाव दिने निष्कर्ष भेलाले निकालेको बताए । थापाका अनुसार छलफलमा भुसाल, विष्णु रिमाल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, सुरेन्द्र पाण्डे, योगेश भट्टराई सहभागि थिए ।

‘पार्टी एकतालाई बचाउनुपर्छ । स्थिति भड्काउने काम गर्नु हुँदैन । पार्टी एकता हुँदा जे सहमति भएको थियो त्यसमै टेकेर छलफल सुरु गर्नुपर्छ । त्योभन्दा दायाँ बायाँ गएर पार्टी एकताबद्ध हुन सक्दैन । दुई अध्यक्षलाई भेटेर घनश्याम भुसालजीले यही सुझाव दिनुहुन्छ । आवश्यक परे हामी सबैजना शीर्ष नेताहरुलाई भेटेर सुझाव दिन्छौं,’ थापाले भने ।

पार्टी फुटकै अवस्था पुग्न लागेको भन्दै नेकपाको जारी स्थायी कमिटी बैठक एक दिनलाई रोकेर सहमतिको प्रयासका लागि नेताहरु छलफलमा जुटेका हुन् । स्थायी कमिटी बैठक शनिबार फेरि बस्दैछ । शुक्रबार दिउँसो बालुवाटारमा ओली र दाहालबीच पनि छलफल भएको छ ।

प्रकाशित : असार १९, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?