कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पार्टी एकतालाई जोगाउनु पर्ने भन्दै नेकपाका केन्द्रीय सदस्यहरु धुम्बाराहीमा भेला

काठमाडौँ — पार्टीलाई विभाजनबाट रोक्नका लागि शीर्ष नेतृत्वलाई दबाब दिन भन्दै सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्यहरु धुम्बाराही पार्टी कार्यालयमा भेला भएका छन् । भेला शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको छ । केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीलाई विधि पद्धतिमा चलाएर एकता कायम गर्नुपर्ने भन्दै दबाब दिनका लागि धुम्बाराही पार्टी कार्यालयमा भेला भएको बताए ।

पार्टी एकतालाई जोगाउनु पर्ने भन्दै नेकपाका केन्द्रीय सदस्यहरु धुम्बाराहीमा भेला

पार्टी कार्यालय परिसरमा केन्द्रीय सदस्यबाहेकका कार्यकर्ताहरु पनि भेला भएका छन् ।

‘पार्टी एकता कायम हुनुपर्छ । पार्टी विभाजन हुनु हुँदैन । विधि पद्धतिबमोजिम पार्टी चल्नु पर्‍यो, नेताहरु त्यसबमोजिम अगाडि बढ्नु पर्छ । त्यही दबाब दिन यहाँ भेला भएका हौं,’ गैरेले भने । गैरेका अनुसार भेलामा स्वच्छाले केन्द्रीय सदस्यहरु पुगेका छन् । भेलामा करिब एक सय केन्द्रीय सदस्य जम्मा भएको उनले बताए ।

शुक्रबार बिहान कृषि मन्त्री घनश्याम भुसालको निवासमा स्थायी कमिटीका १० नेताहरुले पनि छलफल गरेका थिए । उनीहरुले पनि पार्टीलाई फुटबाट जोगाउन शीर्ष नेताहरुलाई खबरदारी गर्ने सहमति गरेका थिए । यस्तै शुक्रबार नै दुई अध्यक्षबीच पनि बालुवाटारमा छलफल भएको छ । सचिवालयका अन्य नेताहरु पनि छलफलमा जुटेका छन् । शनिबार स्थायी कमिटी बैठक बस्नु अघि नेकपा भित्रको संकट समाधानका लागि भन्दै विभिन्न तहमा छलफल सुरु भएका हुन् ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले पार्टी र सरकार सञ्चालनमा केपी शर्मा ओली असफल भएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका थिए । ठीक त्यहिबेला प्रधानमन्त्री ओलीले संसद अधिवेश अन्त्य गरेर पार्टी विभाजन सहज हुने अध्यादेश ल्याएर पार्टी फुटाउन लागेको आशंका पछि नेकपा दोस्रो र तेस्रो तहका नेताहरुले पनि छलफल सुरु गरेका हुन् ।

प्रकाशित : असार १९, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?