कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घन्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

पछिल्लो २४ घन्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि

यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

शुक्रबारसम्म पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना संक्रमितहरु उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

संक्रमित हुनेहरुको जिल्लागत तथ्यांक

नवलपरासीका १९, पर्साका १, चितवनका १, रौटहटका २९, अछामका २३०, बैतडीका ४०, बाजुराका ५३, डोटीका २४, कञ्चनपुरका ४५, डडेलधुराका २८, कैलालीका ५८, बागलुङका १ जना छन् । त्यस्तै पर्वतका ३, तनहुँ ९, कास्कीका २ , उदयपुरका ५, झापाका २८ , मोरङका ५, सिरहा २४, सप्तरी ८, धनुषाका १६, महोत्तरीका ६, पर्साका १, बझाङका १४, डोटी २३, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहीका १, सिन्धुपाल्चोकका १, पाल्पा १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पा १, सुर्खेतका ६ र कालिकोट १ जना रहेका छन् ।

प्रकाशित : असार १९, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?