कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सडक विभागका इन्जिनियरविरुद्ध ३ करोड २१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । २०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए ।

सडक विभागका इन्जिनियरविरुद्ध ३ करोड २१ लाखको भ्रष्टाचार मुद्दा

पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन हुँदा २ करोड ७ लाख रुपैयाँ मात्रै वैध भएको खुल्यो ।

आफ्नो अवैध आर्जन उनले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन, बैंकिङ कारोबरमा लगाएको अख्तियारको दाबी छ ।

अख्तियारले उनकी पत्नी रिता खनाल आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।

प्रकाशित : असार १९, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?