देउवा निवासमा कांग्रेस–जसपा छलफल

संसद् अधिवेशन र अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको जटिलताबारे चर्चा

काठमाडौँ — संसद् अधिवेशन अन्त्य गरिएको विषयमा कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच मंगलबार छलफल भएको छ । एमसीसी, नागरिकता संशोधनलगायत तत्काल गरिनुपर्ने विषयमा छलफल हुनुपर्नेमा संसद् अधिवेशन अन्त्य गरिएको भन्दै दुई पार्टीका पदाधिकारी छलफलमा जुटेका हुन् ।

देउवा निवासमा कांग्रेस–जसपा छलफल

राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र सरकारको अपरिपक्वताले अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको जटिलताबारे दुई पार्टीबीच छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

त्यस्तै कोरोनाका कारण कैयौंको मृत्यु र हजारौं संक्रमित भएको स्थितिको पनि बैठकमा समीक्षा भएको छ । कोरोनाको व्यापक परीक्षण नगरिएको, उपचार र राहत प्रबन्ध गर्न एवं विदेशमा अप्ठेरोमा परेका नागरिकको नि:शुल्क उद्वार गर्न गम्भीर नभएको भन्दै दुवै पार्टीले आपत्ति जनाएका छन् ।

देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा जसपाका महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराई सहभागी छन् । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । जसपा नेताहरुले भेटघाटका लागि बोलाएकाले छलफल डाकिएको उनले बताए ।


प्रकाशित : असार २३, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?