पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

हरिराम उप्रेती

गोरखा — पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।  २७ वर्षीय ती युवकको कोरोना रिपोर्ट पोजिटिभ  आएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले टेलिफोनमा बताए । ‘यहाँ अस्पतालमा भर्ना भएलगतै नमुना संकलन गरेका थियौं, हिजो राति उहाँको मृत्यु पनि भयो, कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ,’ उनले भने । उनको शव व्यवस्थापनको प्रक्रिया पनि सुरु गरिएको उनले बताए । 

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

भिमसेन थापा गाउँपालिका–२ घर भएका ती युवाले शनिबार झुन्डिएर आत्महत्याको प्रयास गरेका थिए । छिमेकीले देखेपछि पासो काटेर अर्धचेत अवस्थामा रहेका उनलाई घ्याम्पेशालको मनास्लु हस्पिटलमा उपचारका लागि ल्याएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । घ्याम्पेशालमा सामान्य उपचारपश्चात थप उपचारका लागि ललितपुरको पाटन अस्पताल रिफर गरिएको उनले बताए । ‘उपचारको क्रममा स्वाब पनि संकलन भएको रहेछ । कोरोना रिपोर्ट पोजिटिभ पनि आयो भन्ने त्यहाँका स्वास्थ्यकर्मीबाट अनौपचारिक जानकारी पाएका छौं ।,’ डाक्टर शर्माले भने । ती युवकमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएको उनले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखाले यसबारेमा आधिकारिक जानकारी आइनपुगेकाे बताएको छ । स्वास्थ्य शाखाका अनुसार उनको रिपोर्ट प्राप्त भएपछि कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको काम अघि बढाउने तयारी छ ।

प्रकाशित : असार २३, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?