२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुन पसलबाट ८६ लाख बराबरको गहना चोर्ने गिरोहका ३ जना पक्राउ

काठमाडौँ — केही दिनदेखि काठमाडौं उपत्यकामा सुनचाँदी पसलका सटर फोरेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रातिको समयमा बोतल उठाउने व्यक्तिको हुलिया बनाई उपत्यकाका विभिन्न स्थानमा रहेका पसलबाट सुनचाँदी चोर्ने गरोहलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

सुन पसलबाट ८६ लाख बराबरको गहना चोर्ने गिरोहका ३ जना पक्राउ

पक्राउ पर्नेहरुमा उदयपुरका ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ, उदयपुरकै ४९ वर्षीय विक्रम भन्ने जंगबहादुर माझी र महोत्तरीका ४५ वर्षीय बुद्धबहादुर माझी रहेका छन् ।

उनीहरुले लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्सबाट एक किलो १ सय ५० ग्रामबराबरको सुनका गरगहना, ८ किलो ५ सय ६० ग्रामबराबरको चाँदीका गहना तथा नगदसमेत गरी पचासी लाख पचासी हजार ६ सय ४२ रुपैयाँ बराबरको गहना चोरी गरेका थिए ।

घटना अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले मिति असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगा बहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरेको थिए । त्यस्तै सोही घटनामा फरार रहेका प्रतिवादीहरुमध्ये विक्रम भन्ने जंगबहादुर माझीलाई असार २२ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै सोही घटनामा संलग्न रहेका तीन जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । चोरी गरेका सामान गिरोहका मुख्य नाइके भारतीय मूलका रहेको र उनले सबै सामान बिक्री गरेर फरार रहेको प्रहरी उपरीक्षक कार्कीले बताए । उनीहरुले पसलभित्र रहेको सीसीटीभीको डीभीआरसमेत लगेका थिए ।

प्रकाशित : असार २३, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?