म्यानपावर व्यवसायी गुरुङ वैदेशिक रोजगार बोर्डमा नबस्ने

काठमाडौँ — म्यानपावर व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्‍ने बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको असार १८ गतेको निर्णयानुसार गुरुङलाई बोर्ड सदस्यको रुपमा दोस्रो पटक नियुक्त गरेको थियो ।

म्यानपावर व्यवसायी गुरुङ वैदेशिक रोजगार बोर्डमा नबस्ने

उनले कोभिडको कारण वैदेशिक रोजगारको क्षेत्रमा जटिलता देखिएको र व्यक्तिगत अस्वस्थताको कारणले सदस्य पदमा रहेर काम गर्न असमर्थ रहेको भन्दै श्रम मन्त्रालयलाई पत्र बुझाएका हुन् ।

श्रममन्त्रीको अध्यक्षतामा रहने बोर्डमा राष्ट्रिय योजना आयोगको सदस्य, श्रम सचिव, गृह, परराष्ट्र, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव वा प्रथम श्रेणीको प्रतिनिधि, वैदेशिक रोजगार विभागका महानिर्देशक, स्वास्थ्यकर्मी, म्यानपावर व्यवसायी, ट्रेड युनियन, नेपाल उद्योग वाणिज्य संघ लगायतको प्रतिनिधि रहने व्यवस्था छ ।चार महिनायता बोर्डको बैठक बस्‍न नसक्दा काम प्रभावित भएको छ ।

वैदेशिक रोजगार ऐनमा ‘वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्ने, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्न आवश्यक कार्य गर्ने प्रयोजन समेतको लागि वैदेशिक रोजगार बोर्डको गठन’को व्यवस्था गरेको छ ।

प्रकाशित : असार २३, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?