कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै परीक्षाको नतिजा साउन १५ भित्र : त्रिवि पनिका

गणेश राई

काठमाडौँ — त्रिवि परीक्षा नियन्त्रण कार्यालयले लकडाउनअघि लिएको सबै तहको परीक्षाको नतिजा आगामी साउन १५ गतेभित्र प्रकाशित गरिसक्ने जनाएको छ । लकडाउनको बेलासमेत उत्तरपुस्तिका परीक्षण कार्य सुचारु राखेकाले सम्भव भएको परिक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

सबै परीक्षाको नतिजा साउन १५ भित्र : त्रिवि पनिका

‘लकडाउनको बेला गाडी पास लिएर विषयगत प्राध्यापकहरूको घरघरै उत्तरपुस्तिका पुर्‍याएर काम गर्न दियौं,’ उनले भने, ‘नियन्त्रण कार्यालयमा सीमित कर्मचारी बसेर नतिजा प्रशोधन कार्य सुचारु राखेका छौं ।’

नियन्त्रण कार्यालयले वैशाख १८ देखि असार २२ गतेसम्म १८ चरणमा नतिजा प्रकाशन गरेको जनाएको छ । उसले बिबिएस र बिए दोस्रो वर्ष, बिएस्सी र बिएड् पहिलो वर्ष, एमएड् दोस्रो वर्ष र पाँच वर्षे बिएएलएलबीको नतिजा प्रकाशन गरेको हो । अब तीन वर्षे एलएलसबी नतिजा प्रकाशन तयारीमा रहेको छ । उक्त तहमा १५ हजार परीक्षार्थी छन् । त्यसैगरी चार वर्षे बिबिएस प्रथम वर्षमा ९६ हजार र बिएमा ५० हजार परीक्षार्थीको नतिजा प्रकाशन तयारी रहेको नियन्त्रक जोशीले जनाए ।

त्यसैगरी स्नातकोत्तर दोस्रो वर्षका केही विषयको नतिजा प्रकाशन बाँकी छ । ‘अहिलेसम्म सम्पन्न सबै तहको परीक्षाको नतिजा साउने १५ गतेभित्र प्रकाशन गर्ने लक्ष्य राखेका छौं,’ नियन्त्रण जोशीले भने । नतिजा प्रकाशन सकिएसँगै नियन्त्रण कार्यालयलाई थप सुधारसहित प्रविधिमैत्री तुल्याइने उनले जनाएका छन् ।

प्रकाशित : असार २३, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?