१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुदूरपश्‍चिममा ९ वर्षमुनिका संक्रमित २८९ जना

मोहन बुढाऐर

धनगढी — धनगढी  बाजुराको बुढीगंगा–१ का दुई वर्षीय बालकको जेठ १८ गते कोरोना संक्रमणबाट ज्यान गयो । भारतबाट फर्केका ती बालक र उनकी आमालाई कोरोना संक्रमण देखिएको थियो ।

सुदूरपश्‍चिममा ९ वर्षमुनिका संक्रमित २८९ जना

बाजुरा अस्पतालमा आमाले कोरोना जिते पनि काखको छोरो गुमाएकी थिइन् । भारतबाट फर्केकी बुढीगंगाकै एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माइन् । उनी र चार दिनको शिशुको पीसीआर जाँच गराउँदा जेठ २९ मा कोरोना पुष्टि भयो ।

सुदूरपश्चिममा बुधबारसम्म ३ हजार ७ सय १७ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४ दिनका शिशुदेखि ९ वर्षमुनिका २ सय ८९ जनामा अभिभावकसँगै संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १० देखि १९ वर्षसम्मका ४ सय ७३ जना संक्रमित छन् । उनीहरूमध्ये आधाजसो अस्पताल, स्वास्थ्य केन्द्र र स्थानीय तहका आइसोलेसनबाट घर फर्केका छन् । आधाजति अहिले पनि कोरोनासँग लडिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

भारतमा रोजगारी गुमेर घर फर्किरहेकाहरूले सावधानी अपनाउन नसक्दा महिला र बालबालिका कोरोनाको चपेटामा परेको उनले बताए । जेठ ७ मा भारतबाट घर फर्कने नेपालीका लागि नाका खुला गरेयता डेढ लाख नेपाली सुदूरपश्चिममा फर्केका छन् । यसमा ठूलो संख्या महिला र बालबालिकाको छ । निर्देशक डा. अवस्थीले संक्रमितमध्ये बालबालिका, गर्भवती, सुत्केरी र वृद्धवृद्धालाई कोरोनासँग लड्न मुस्किल परिरहेको बताए ।

प्रकाशित : असार २५, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?