प्रधान्यायाधीशमाथि महाभियोग लगाऔं : पूर्वप्रधानमन्त्री भट्टराई

‘केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रबाटै अर्को प्रधानमन्त्री चयन गरौं’

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । भट्टराईले शुक्रबार बिहान ट्वीट गर्दै प्रधानन्यायाधीशले अपराधको संरक्षण गरेको भन्दै उनलाई महाभियोग लगाएर  हटाउनुपर्ने बताएका हुन् ।

प्रधान्यायाधीशमाथि महाभियोग लगाऔं : पूर्वप्रधानमन्त्री भट्टराई

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको सहुलियतले चौतर्फी प्रश्न उठाएको छ । खारेज भइसकेको कानुनको प्रयोग गरेर हालको कानुनी व्यवस्थाको मनोमानी व्याख्या गरेको भन्दै न्यायाधीशद्वयकै ‘कार्यक्षमता’ मै प्रश्न उठाइएको हो ।

त्यस्तै नेता भट्टराईले देश संकटतिर जाँदै गरेको उल्लेख गर्दै समाधानका लागि ५ वटा उपाय सुझाएका छन् । उनले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका छन् ।

त्यस्तै केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्न पनि उनको माग छ । त्यस्तै प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन र भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न पनि भट्टराईले माग गरेका छन् । उनले अहिलेको निर्वाचन प्रणालीमा परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान उपयुक्त हुने बताएका छन् ।

त्यस्तै नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले न्याय चीरहरण भएको यसरी टुलुटुलु हेर्न नसक्ने बताएका छन् । संसदमा योग्य, न्यायप्रेमी र देशको प्रतिष्ठाप्रति निष्ठावान सांसदहरूको कमी छैन भन्ने विश्वास कायम रहेको उल्लेख गर्दै रिजालले महाअभियोगको व्यवस्था कसैलाई तर्साउन वा राजनीतिक दाउपेचका लागि मात्र होइन भन्ने प्रमाणित गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ९, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?