थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — मुलुकमा थप १३३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको शुक्रबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १३३ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।  

थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

सोही अवधिमा १०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ । ७०.५ प्रतिशत निको भएको छ ।

गएको २४ घन्टामा ३ हजार ९८७ आरटी पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयको तथ्यांकअनुसार क्वारेन्टाइनमा १९ हजार ४४४ जना र आइसोलेसनमा ५ हजार ३८३ जना रहेका छन् ।

थप १ को मृत्यु

प्रवक्ता गौतमले कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको शुक्रबार बिहान ९:४५ नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित थिइन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

नयाँ संक्रमितको जिल्लागत विवरण

  • काठमाडौं १०
  • कास्की ५
  • लमजुङ ३
  • बागलुङ १
  • तनहुँ १
  • बाँके २
  • बर्दिया २
  • दाङ ४
  • नवलपरासी पूर्व ४
  • रुपन्देही ४
  • जाजरकोट १
  • कालीकोट २
  • दैलेख ८
  • कैलाली ८
  • धनकुटा १
  • सुनसरी ५
  • झापा २५
  • मोरङ १
  • सप्तरी ७
  • मोरङ १
  • बारा १
  • सर्लाही २
  • पर्सा ३०
  • धनुषा १
  • पर्सा १
  • चितवन २
  • उदयपुर १

प्रकाशित : श्रावण ९, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?