कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन : 'अदालतको चोलो फेर्न चोलेन्द्रलाई महाभियोग'

तस्बिर : केशव थापा

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन : 'अदालतको चोलो फेर्न चोलेन्द्रलाई महाभियोग'

माइतीघरमा सडक अवरुद्ध गर्दै नागरिक आवाजको नाममा युवाहरुले प्रदर्शन गरेका हुन् । पत्‍नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्‍जन कोइरालालाई रिहाको फैसला गरेसँगै प्रधानन्यायाधीश लगायतको विरोध सुरु भएको हो ।

प्रदर्शनकारीले 'अदालतको चोलो फेर्न चोलेन्द्रलाई महाभियोग', 'अदालतभित्रको एनजीओकरण बन्द गर', 'हत्यारा होइन, सपना मल्ल टिम र चोलेन्द्र टिमलाई बर्खास्त गरी जेल चलान गर' लगायत नारा लगाएका थिए ।

सर्वस्वसहित जन्मकैदको सजाय पाएका पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार जेलमुक्त भएका थिए । केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।

सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको हो । श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो ।

यो पनि

प्रकाशित : श्रावण ९, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?