२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गराउँछौं : स्वास्थ्यमन्त्री  

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन् । 

मन्त्रालयमा शुक्रबार स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा मन्त्री ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो कदम विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको भन्दै स्वदेश फर्किने सबैको परीक्षण हुने बताएका हुन् ।

विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गराउँछौं : स्वास्थ्यमन्त्री  

उनले भारतबाट फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण भइरहेको उनले उल्लेख गरे ।

उनले लकडाउन खुलेको समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले खासठाउँमा देखिएको संक्रमणलाई समुदायको भन्न नमिल्ने बताए । अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादै नै सराहनीय रहेको उनको भनाइ थियो ।

विकसित देशको भन्दा राम्रोसँग कोरोना निन्यत्रण गर्न नेपाल सरकार सफल रहेको दाबी गर्दै उनले जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवना कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । त्यस्तै संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताए ।

जनस्वास्थ्यविद डा सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भावना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए ।

प्रकाशित : श्रावण ९, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?