कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोले गोरखाको नौलीखोला थुनियो

९–१० घण्टादेखि खोलाले निकास नपाउँदा जमेर ठूलो ताल बनिसकेको  छ । ७० घरधुरी सुरक्षित स्थानमा सारिए ।
हरिराम उप्रेती

गोरखा — गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो ।

पहिरोले गोरखाको नौलीखोला थुनियो

‘९–१० घण्टा भयो, पहिरो गएर नौलीखोला थुनिएको छ,’ स्थानीय वीर गुरुङले भने, ‘पानी बग्न नपाएर ताल बनिसक्यो ।’ मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको उनले बताए ।

पहिरो गएको क्षेत्रभन्दा तलपट्टि रहेका नौलीखोला, नयाँबस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा सारिसकिएको छ । करिब ७० घरधुरी जोखिममा रहेको गुरुङले जानकारी दिए ।

खोलानजिकैको गाउँका स्थानीय सुरक्षित ठाउँमा सरिसकेको र जोखिममा रहेका अरू बस्ती पनि सर्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो जाँदा ठूलो ढुंगा खसेर खोलामा बसेछ, अनि पानीले निकास पाएन,’ उनले भने, ‘ताल झन्–झन् ठूलो हुँदै छ ।’

खोला थुनिएपछि उक्त क्षेत्रमा अहिले पैदल आउजाउ पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । नेपाली सेना र नेपाल प्रहरीसहितको टोली घटनास्थल पठाइएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १०, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?