कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

थप १ सय ९ जनामा संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय ९ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

थप १ सय ९ जनामा संक्रमण

नयाँ संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

त्यस्तै २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् । ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएको हो । शनिबारसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।

मुलुकका विभिन्न अस्पतालमा ४ हजार ७५ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८५ रहेको छ ।

थप १ जनाको मृत्यु भएको औपचारिक पुष्टि

कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार बारा परवानीपुरकी १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पताल (नारायणी अस्थायी कोरोना)मा उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडीटी एन्टीबडी पोजिटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

नयाँ संक्रमितको संख्या

झापा १

खोटाङ १

सप्तरी ११

पर्सा ८

रौतहट ४

सर्लाही १

चितवन १

बारा ३

मकवानपुर १

नवलपरासीपूर्व ४

काठमाडौं २

ललितपुर १

अछाम १

गुल्मी ३

कपिलवस्तु ६

पाल्पा ४

बाँके २

बर्दिया २

दाङ ५

तनहुँ १

अछाम २

कालीकोट ३

दैलेख ३

हुम्ला १

जाजरकोट ६

मुगु २

सुर्खेत ११

डढेलधुरा ८

डोटी १३

बैतडी ३

प्रकाशित : श्रावण १०, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?