राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह छन् ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उनीहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन् । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।
उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उहाँहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन् । राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन् ।
राप्रपा नेता मोहन श्रेष्ठले थापाले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक भूल गरेको श्रेष्ठले बताए । उनले भने,'उहाँले आफ्ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ । पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ ।'
थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।
राजीनामा दिनेहरु
१ सुनिलबहादुर थापा -धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, (पूर्वमन्त्री उद्योग वाणिज्य)
२ विष्णुविक्रम थापा- सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री
३ बाबुराम बस्नेत -भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
४ बृजलाल यादव -बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
५ पदमबहादुर बस्नेत - धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा
६ किरण गिरी- काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
७ दिलीप राई- झापा, केन्द्रीय सदस्य
८ आशाराम चौधरी- कैलाली, केन्द्रीय सदस्य
९ चन्द्रकुमार घुण्डे गुरुङ- संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा
१० राज्यलक्ष्मी श्रेष्ठ- नुवाकोट, संविधान सभा सदस्य
११ चतुरमान विश्वकर्मा- झापा, केन्द्रीय सदस्य
१२ राम पदारथ शाह- सर्लाही, केन्द्रीय सदस्य
१३ वीरेन्द्रलाल कर्ण- धनुषा, पूर्वकेन्द्रीय सदस्य
१४ नारायण राउत- भोजपुर, पूर्वकेन्द्रीय सदस्य
१५ इन्द्रबहादुर तामाङ- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति
१६ राजकुमार भट्टराई- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्
१७ डम्बरबहादुर राई- भोजपुर, महाधिवेशन प्रतिनिधि
१८ माधव पौडेल- सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य
१९ अर्जुन विक्रम थापा - सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष, बोडेगाउँ
२० हरेन्द्रप्रसाद यादव- बारा, जिल्ला अध्यक्ष
२१ रुपनारायण यादव- बारा, जिल्ला उपाध्यक्ष
२२ भिखारी लाल यादव- बारा, जिल्ला सदस्य
२३ भिखारी लाल यादव- बारा, जिल्ला सदस्य
२४ जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरु धनकुटा
२५ राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु धनकुटा
२६ महेन्द्र बस्नेत- मोरङ, पूर्व जिल्ला सदस्य
२७ गोपी ठकुरी, सिन्धुपाल्चोक - जिकास सदस्य
२८ डोलनाथ आचार्य- सिन्धुपाल्चोक, गाउँपालिका उपाध्यक्ष
२९ दबिबल तामाङ- सिन्धुपाल्चोक नगरपालिका इकाइ सदस्य
३० मदन घिमिरे- धनकुटा, वरिष्ठ उपाध्यक्ष, राप्रपा प्रजातान्त्रिक युवक संगठन
३१ ध्रुव थापा- सिन्धुपाल्चोक, पूर्व युवक संगठन सदस्य
यो पनि पढ्नुहोस्
प्रकाशित : श्रावण १०, २०७७ २०:२७