३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेसका पूर्वसहमहामन्त्री जोशीसहित तीन नेता पार्टीबाट निष्कासित

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ । 

कांग्रेसका पूर्वसहमहामन्त्री जोशीसहित तीन नेता पार्टीबाट निष्कासित

कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो/भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्‍नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।

ओझालाई कारबाही गर्न सभापति देउवा र जोशीलाई कारबाही गर्न पौडेल लागेका थिए ।

प्रकाशित : श्रावण १०, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?