कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु र २ वटा पेस्तोल बरामद

बरामद पहेँलो पदार्थ सुन वा अन्य बस्तु हो भन्ने पहिचान गर्न परीक्षणका लागि पठाइएको छ ।
मातृका दाहाल

काठमाडौँ — प्रहरीले कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु बरामद गरेको छ । मंगलबार बिहान ९ बजे गाडीमा आएका एक व्यक्तिले झोला फ्याँकेर भागेपछि प्रहरीले खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो पदार्थ १५ किलो र २ वटा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

गाडीमा भागेका व्यक्ति भएको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फरार व्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको छ । फरार व्यक्तिको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।

घटनाबारे अहिले साढे १२ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बरामद पहेँलो पदार्थ सुन वा अन्य बस्तु हो भन्ने पहिचान गर्न परीक्षणका लागि पठाइएको छ ।

प्रकाशित : श्रावण १३, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?