कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कमलादीबाट बरामद १५ किलो पहेँलो धातुमध्ये ५०० ग्राम मात्रै सुन 

मातृका दाहाल

काठमाडौँ — कमलादीबाट बरामद भएको १५ किलो पहेँलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पाइएको छ । मंगलबार बिहान कमलादीमा गाडीमा आएका व्यक्तिले बाटोमा फ्याँकेको झोलामा भेटिएको १५ किलो पहेँलो धातु परीक्षण गर्दा ५ सय ग्राम सुन भेटिएको प्रहरीले जानकारी दिएको छ ।

कमलादीबाट बरामद १५ किलो पहेँलो धातुमध्ये ५०० ग्राम मात्रै सुन 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भएको बताए । बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलनमा उनले बताए । उनले भने, ‘१५ किलो सुनजस्तो देखिने पहेंलो बस्तु बरामद भएको थियो । जाँचका लागि सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा उक्त धातुमध्ये अहिलेको मूल्य अनुसार ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको आधा किलो सुन र बाँकी १५ लाख ५६ हजार ४ सय मूल्य बराबरको चाँदी रहेको पाइयो ।’

प्रहरीले मंगलबार बिहान कृष्ण पाउरोटीनजिक जाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १३, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?