१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बालुवाटारमा सकियो दाहाल-नेपाल समूहको बैठक, स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको निर्णय विधिसम्मत नभएको ठहर

जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा बसेको बैठक सकिएको छ । २९ जना स्थायी समिति सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी बैठकले आजै बिहानका लागि डाकिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

बालुवाटारमा सकियो दाहाल-नेपाल समूहको बैठक, स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको निर्णय विधिसम्मत नभएको ठहर

यस्तै बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग दाहालले छलफल गर्ने पनि निर्णय गरेको श्रेष्ठले बताए ।

बैठकमा पार्टीको सल्लाहकार परिषद्का अध्यक्ष तथा अनुशासन कमिटीका अध्यक्ष अमृत बोहोरा पनि सहभागी थिए ।

बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष दाहालले बैठकअघि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे बताएका थिए । उनले यो बैठकलाई बहुमत स्थायी समिति सदस्यको बैठक भन्नुपर्ने पनि बताएका थिए । सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी कमिटी सदस्यहरु लेखराज भट्ट र मणि थापा बैठकमा सहभागी थिएनन् ।

प्रकाशित : श्रावण १३, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?