२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप ३११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन् ।

थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

गत २४ घन्टामा १२१ डिस्चार्ज भएका छन् । यो सँगै १३ हजार ८७५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ७२.७ प्रतिशत निको भएर घर फर्किएका छन् ।

क्वारेन्टाइनमा १५ हजार ३३१ र आइसोलेसनमा ५ हजार १ सय २९ जना रहेको प्रवक्ता गौतमले बताए ।

नयाँ संक्रमितको जिल्लागत तथ्यांक







प्रकाशित : श्रावण १३, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?