३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पूर्वरथी खड्काको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी कूलबहादुर खड्काको निधन भएको छ । ६९ वर्षीय खड्काको उपचारका क्रममा मंगलबार नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

पूर्वरथी खड्काको निधन

खड्कालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापतीमा नियुक्त गरे पनि त्यसबेलाका राष्ट्रपति रामवरण यादवले अस्वीकृत गरिदिएका थिए । त्यही प्रकरणमा दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनी ५ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत थिए । मंगलबार करिब दिउँसो ४ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनको केही साताअघि स्टोनको शल्यक्रिया गरिएको थियो । उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।

प्रकाशित : श्रावण १३, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?