एसिड आक्रमणबाट घाइते युवतीलाई भेटे गृहसचिव न्यौपाने र आईजीपी थापाले

मातृका दाहाल

काठमाडौँ — गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले एसिड आक्रमणबाट घाइते भएर उपचाररत युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा भेटेका छन् । गृहसचिव र आईजीपीसँगै महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्‍वराज पोखरेलले पनि पीडित युवतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भेटका क्रममा गृहसचिव न्यौपाने र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपचारको चिन्ता नलिन पनि युवतीलाई आग्रह गरेका छन् । 

एसिड आक्रमणबाट घाइते युवतीलाई भेटे गृहसचिव न्यौपाने र आईजीपी थापाले

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार एसिड आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योग र एसिडको अनधिकृत प्रयोग गरी शरीर कुरुप बनाएको कसुरमा १८ वर्षसम्म कैद सजाय हुन सक्छ । यी दुबै कसुरमा संलग्न भएको अभियोगमा आलम र मुन्नामाथि महानगरीय प्रहरी वृत्त स्वयम्भूले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । पीडितलाई भेट्न मंगलबार साँझ अस्पताल पुगेका दुवै अधिकारीले उपचारमा कुनै कमी हुन नदिन पनि अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

साउन ८ गते राति बालफलमा सामान किन्न निस्केकी ओखलढुंगाकी २२ वर्षीय युवतीलाई रौतहट लक्ष्मीपुर र भई सितापाइलामा कपडा कारखाना सञ्चालक ४७ वर्षीय मोहम्मद आलमको योजनामा उनकै कारखानाका कामदार भारतीय नागरिक २३ वर्षीय मुन्ना अहमदले ती युवतीलाई एसिड प्रहार गरी फरार भएका थिए । राति ८ बजेको घटनापछि अनुसन्धानमा जुटेका महानगरीय प्रहरी परिसर काठमामडौं र महानगरीय अपराध महाशाखाको टोलीले ३ घन्टापछि सितापाइलाबाटै दुवैजना अभियुक्तलाई पक्राउ गरेको थियो । एसीड आक्रमणबाट युवतीको निधार, गाला र टाउकोका केही भाग जलेको छ ।

उपचारका संलग्न चिकित्सकले गृहसचिव न्यौपाने र प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई कडा एसिड नभएका कारण त्यसको असर केही कम भएको बताएका थिए ।

प्रकाशित : श्रावण १३, २०७७ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?