१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'इनफ इज इनफ' का सत्याग्रहीलाई देउवाले भेटे

तस्बिर : कविन अधिकारी

काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर 'इनफ इज इनफ' अभियानका सत्याग्रही ई:लाई भेटेका छन् । देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाएका छन् ।

'इनफ इज इनफ' का सत्याग्रहीलाई देउवाले भेटे

शनिबार दिउँसो वसन्तपुरमा पुगेका देउवाले अभियानले राखेको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए ।

पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर युवाहरुको माग पुरा गर्नेगरी समझादारी गर्न माग गरे ।उनले भने, ‘‘हाम्रो पार्टीको ऐक्यबद्धता छ । उहाँहरुको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनु हुन्न । ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ । सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ । यसको घोर भर्त्सना गर्छु ।’’

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताएका छन् । सरकारले आफ्ना प्रतिनिधि पठाएर युवाहरुले उठाएका मागहरु पुरा गर्नुपर्ने बताए ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो । कोरोनाविरुद्धको लडाईंमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।

अभियन्ता ई: ले कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी सत्याग्रह बसेका हुन् ।

प्रकाशित : श्रावण १७, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?