१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रिय सभा मातहतका विषयगत नयाँ समिति गठन, सभापतिको निर्वाचन हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् राष्ट्रिय सभा मातहतका संसदीय समिति गठन भएका छन् । राष्ट्रिय सभाका समितिमा सांसदहरूको दुई वर्षे कार्यावधि शुक्रबार पूरा भएपछि नयाँ गठन गरिएको हो । राष्ट्रिय सभाअन्तर्गत चार विषयगत समिति रहेका छन् । 

राष्ट्रिय सभा मातहतका विषयगत नयाँ समिति गठन, सभापतिको निर्वाचन हुने

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार संसदीय समिति गठन गरेका हुन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुसार सांसदहरूलाई विषयगत समितिमा राखिएको राष्ट्रिय सभा सचिवालयले जानकारी दिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा संसद अधिवेशन नरहेको अवस्थामा अध्यक्षबाट आदेश जारी भई समितिमा रहने सदस्यको मनोनयन गरिएको हो । योसँगै राष्ट्रिय सभाका संसदीय समितिको नेतृत्वबारे निर्वाचन हुने भएको छ । संसद सचिवालयका अनुसार अब बस्ने राष्ट्रिय सभा मातहतका संसदीय समितिको अध्यक्षता समितिका ज्येष्ठ सदस्यले गर्नेछन् । त्यसपछि सभापतिको निर्वाचन हुनेछ ।

चार समितिमध्ये दुई समितिको नेतृत्वमा नेकपाका सांसद थिए । एउटा समितिको सभापति कांग्रेस सांसद थिइन् भने एक समितिको सभापति राष्ट्रपतिद्वारा मनोनीत सांसदले गरिरहेका थिए । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति नेकपाकी दिलकुमारी रावल र विधायन व्यवस्थापन समितिको सभापति पनि नेकपाकै पर्शुराम मेघी गुरुङ थिए । दीगो विकास तथा सुशासन समिति सभापति कांग्रेसकी तारादेवी भट्ट थिइन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति राष्ट्रपतिद्वारा मनोनीत सांसद रामनारायण बिडारी थिए ।

अध्यक्ष तिमिल्सिनाले दीगो विकास तथा सुशासन समितिमा कविता बोगटी, गंगाकुमारी बेल्वासे, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मा, तारादेवी भट्ट, दीनानाथ शर्मा र नन्द्रा चपाई रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, समितिमा महेशकुमार महरा, मायाप्रसाद शर्मा, रमेशजंग रायमाझी, विमला घिमिरे, शारदादेवी भट्ट र सिगबहादुर विश्वकर्मालाई राखिएको छ ।

विधायन व्यवस्थापन समितिमा खीमकुमार विक, जीतेन्द्रनारायण देव, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारामान स्वाँर, देवेन्द्र दाहाल, पर्शुराम मेघी गुरुङ र प्रकाश पन्थ रहेका छन् । सोही समितिमा प्रमिला कुमारी, बेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, मृगेन्द्रकुमारसिंह यादव, राधेश्याम पासवान र विमला राई पौडेल रहेका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद बान्तवा राई, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, नरपति लुवार, नैनकला ओझा र राधेश्याम अधिकारी रहेका छन् । रामनारायण बिडारी, बीना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमित्रा बिसी र हरिराम चौधरीलाई पनि उक्त समितिमा जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय सिमितिमा अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कडरिया, उदया शर्मा, कोमल वली, खिमलाल भट्टराई, गोपीबहादुर सार्की र दीपा गुरुङलाई मनोनयन गरिएको छ । दिलकुमारी रावल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र राई, रामलखन चमार, शेखरकुमार सिंह र सुमनराज प्याकुरेलको पनि सोही समितिमा रहेका छन् ।

प्रकाशित : श्रावण १७, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?