पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार १४ महिलासहित ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका ४५ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिका, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा हुन् । संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीसमेत रहेका छन् । गत बिहीबार काठमाडौँमा मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

४५ जना संक्रमितमध्ये अधिकांश ‘मास ट्रेसिङ’को परीक्षणमा संक्रमित भेटिएको मेसु डा. उपाध्यायले बताए । साउन १२ गते वीरगन्ज–४ स्थित कन्या स्कुलमा गरिएको स्वाब संकलनमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी साउन १५ मा वीरगन्ज– ११ श्रीपुर स्कुलमा गरिएको स्वाब संकलनमा १३ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ ।

साउन १६ मा वीरगन्ज चिनी मिलमा गरिएको स्वाब संकलनमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ पाइएको छ । म्यागनस फर्मा औषधि उद्योगका ५ जना स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण १८, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?