कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले उपलब्ध गराएको सूचीमा जनस्वास्थ्य प्रयोगशाला नभएकाले पीसीआर रिपोर्ट अस्वीकार : चिनियाँ दूतावास

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकारले उपलब्ध गराएको प्रयोगशालाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नरहेकाले आफ्ना नागरिकको पीसीआर रिपोर्ट अस्वीकृत गरिएको चिनियाँ दूतावासले जनाएको छ ।

सरकारले उपलब्ध गराएको सूचीमा जनस्वास्थ्य प्रयोगशाला नभएकाले पीसीआर रिपोर्ट अस्वीकार : चिनियाँ दूतावास

सरकारले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार अस्पताल र काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालको सूची पठाएकाले त्यहाँको रिपोर्ट मात्रैलाई मान्यता दिने निर्णय भएको दूतावासले स्पष्टीकरण दिएको छ । नेपाल सरकारले उपलब्ध गराएको सूची आफूहरुले चीनको अध्यागमन कार्यालयमा जानकारी पठाइएकाले त्यहीअनुसारको रिपोर्ट मात्रै आफूहरुले मान्नुपरेको काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले बताए ।

स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिकाको वडा नं. २६ को कार्यालयले सिफारिस गरेपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ५९ जनाको स्वाब संकलन गरेको थियो। ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको टोली स्वाब संकलन गर्न ठमेलको ज्याठास्थित एक होटलमा गएका थिए ।

प्रयोगशालाले बुधबार दिएको रिपोर्ट दूतावासमा पेस गर्दा अस्वीकार भएको वडाध्यक्ष ख्यामराज तिवारीले बताए । ‘ठमेलका होटल व्यवसायीहरूले चिनियाँ नागरिकको पीसीआरका लागि सिफारिस गरिदिन भनेपछि मैले टेकुमा पत्र लेखिदिएको थिएँ । सबैको रिपोर्ट नेगेटिभ आएछ,’ उनले भने, ‘त्यही रिपोर्ट लिएर चिनियाँहरू दूतावास जाँदा अस्वीकार भयो । त्यसपछि स्टार अस्पतालले उनीहरूको स्वाब संकलन गरेको छ ।’

चिनियाँ दूतावासले राष्ट्रिय प्रयोगशालाबाहेक वीर, टिचिङ, पाटन, केएमसी र स्टार अस्पताल जहाँ पीसीआर गराएर रिपोर्ट ल्याए पनि मान्ने भनेपछि होटल व्यवसायीले छिटो रिपोर्ट लिन स्टार अस्पतालको प्रयोगशालामा पीसीआर गराएको वडाध्यक्ष तिवारीले बताए । चिनियाँहरू शुक्रबार चीन फर्कने तयारीमा छन् ।

प्रकाशित : श्रावण २२, २०७७ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?