कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

रासस

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित परिवारका सदस्य एवं सचिवालयका सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा उनको बाहिरी सुरक्षा घेरामा खटिएका ६ सुरक्षाकर्मीमा मात्र संक्रमण पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।

बाहिरी घेरामा खटिने ६ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट नेगेटिभ आएको अध्यक्ष दाहालका निजी सचिव गंगा दाहालले जानकारी दिइन् ।

कुपण्डोलमा रहेको विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रकाशित : श्रावण २२, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?