१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समयमा मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिएसँगै ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारी जानकारी गराएको हो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो 

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका छन् । उनलाई साउन २१ गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भइ कोसी अस्पताल ल्याउँदा मृत्यु भएको थियो ।

त्यसैगरी मोरङकै विराटनगर महानगरपालिका ९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए । मृत्यु भएको दिन स्वाब संकलन गरी जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो । उनको उपचारको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मृतकमा धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ । उनी दम तथा मधुमेहको बिरामी थिइन् ।

त्यसका साथै सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा स्वासप्रश्वासमा कठिनाइ भइ साउन २० गते उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए । थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनी डेढ महिनामा पहिले मलेसियाबाट आई होम क्वारेन्टाइमा बसेका थिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ६५ पुगेको छ ।

प्रकाशित : श्रावण २२, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?