कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यालयहरुमा बैठक तथा जमघट बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी , सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बन्द गर्न नमिले भर्चुअल रुपमा बैठक बस्न आग्रह गरे ।

कार्यालयहरुमा बैठक तथा जमघट बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

मन्त्रालयले भारतीय सीमा क्षेत्रका सीमानामा कोरोना संक्रमणको दर उच्च भएकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था तथा अन्य पेसा व्यवसायीका व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरेको छ । प्रवक्ता डा गौतमले कोरोना परीक्षणको स्वाब संकलन गरेपछि कुनै पनि शंकास्पद व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।

काठमाडौँ तथा अन्य घना बस्तीमा संक्रमितको संख्या बढिरहेकोले बेड, उपकरण तथा स्वास्थ्यमकर्मी अभाव हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?