कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादका बीच पार्टीका विभागलाई पूर्णता दिने तयारीमा देउवा 

पौडेल पक्षले भन्यो : विभाग गठन खारेज गर्नुहोस्
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बीच १७ वटा विभागलाई पूर्णता दिने तयारी गरेका छन् ।

विवादका बीच पार्टीका विभागलाई पूर्णता दिने तयारीमा देउवा 

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षको विरोधका बीच १७ वटा विभागलाई पूर्णता दिने तयारी गरेका छन् । देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवालाई नेता पौडेलले विभाग गठन र सदस्य मनोनयनको क्रम तत्काल रोक्न आग्रह गरेका थिए । महाधिवेशनको मुखमा विभाग र सदस्यहरु मनोनयनको कामले महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यस्ता गतिविधि रोक्न आग्रह गरेका थिए ।

तर, देउवाले विभाग गठनको काम नरोकिने बताएका हुन् । उनले आफू सबै पक्षलाई मिलाएर विभाग गठन गर्न चाहेको र त्यसका लागि खाली समेत छाडेको बताएका थिए ।

देउवाले ४७ विभागमा २० वटा विभाग गठन गरीसकेका छन् । त मध्ये ३ वटा विभागले ३५ देखि ४० प्रतिशत खाली राखेर सदस्यतालाई पूर्णता दिएका छन् । गठन भएका १७ वटा विभागमा ४० प्रतिशत इतरपक्षका लागि खाली राखेर सदस्य मनोनयन गर्ने अन्तिम तयारीमा देउवा पुगेका छन् ।

देउवाले महाधिवेशनको निष्पक्षता नहुने भनी आशंका नराख्न इतरपक्षीय नेताहरुलाई आग्रह गरेका थिए । उनले चाँडै नै क्रियाशील सदस्यताको छानबिन समिति गठन गरिने र त्यसका लागि नाम दिनसमेत आग्रह गरेका थिए । पौडेल पक्षले तत्काल छानबिन समिमित गठन गरेर काम अघि बढाउन माग गर्दै आएको थियो । क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली गर्न लागिएको आशंका पौडेल पक्षले उठाएको थियो । देउवाले विधानको व्यवस्था र प्रक्रिया बाहिर गएर सदस्यताको वितरण नहुने भन्दै आशंका नराख्न आग्रह गरेका थिए ।

प्रकाशित : श्रावण २२, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?