सर्वोच्चको कामकारबाही फेरि कटौती हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले फेरि सेवा कटौतीको निर्णय गरेको छ । सर्वोच्चमै कार्यरत एकजनामा कोरोना संक्रमण देखिएपछि सेवा कटौतीको घोषणा गरेको हो । 

सर्वोच्चको कामकारबाही फेरि कटौती हुने 

सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार अब बन्दीप्रत्यक्षकरण, रिट निवेदनको दर्ता र सुनुवाई, अन्तरिम आदेशको छलफल हुनेछ । यस्तै पुनरावेदन निवेदन दर्ता, थुनुवा रहेका मुद्दाको सुनुवाई, पुनरावलोकनको निवेदनको सुनुवाई पनि हुनेछ । अदालतका अरु नियमित मुद्दामामिलाका काम र सुनुवाई अहिलेको अवस्थामा स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?