कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादास्पद आदेश र फैसलाको तत्काल छानबिन गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — न्यायपालिकामा देखिएको विसंगतिप्रति बारले मौनता साँधेको भन्दै असन्तुष्ट कानून व्यवसायीहरुले नेपाल बार एसोसिएसनमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीहरुले बुझाएको ज्ञापनपत्रमा न्यायपालिकाका विकृति र विसंगति हटाउन बारले तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ ।

२१ बुँदे ज्ञापनपत्रमा हालैका विवादास्पद फैसला र आदेशहरुका बारेमा छानबिन हुनुपर्ने माग छ । कानून व्यवसायीहरुले त्यस्ता आदेश र फैसला अध्ययन गरी प्रतिवेदन दिन पूर्व न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु सम्मिलित समिति गठनको माग राखेका छन् ।

पेशी व्यवस्थापनमा स्वचालित प्रणाली अपनाइ प्रधानन्यायाधीशको स्वेच्छाचारिता नियन्त्रणको माग राखेका छन् । उनीहरुले नेपाल बार एसोसिएसनको यसअघिको विवादास्पद विज्ञप्ति फिर्ता लिन पनि माग गरेका छन् । भेलामा अधिवक्ता भीमार्जुन आचार्यले ज्ञापनपत्र वाचन गरेका थिए भने वरिष्ठ अधिवक्ता हरिहर दाहालले बुझाएका थिए । भेलालाई वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र हरि उप्रेतीले सम्बोधन गरेका थिए ।

हेर्नुहोस, ज्ञापनपत्र:


प्रकाशित : श्रावण २२, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?