कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा मंगलबार राति थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

उनका अनुसार कोरोना संक्रमण देखिएपछि आइसोलेसन पुर्‍याउने क्रममा ती वृद्धको मृत्यु भएको हो ।

जिल्लामा कोरोनाबाट मृ्त्यु हुनेको संख्या ३ पुगेको छ ।

चारदिन अघि ज्वरो आएपछि चिकित्सकको उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुर्याउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।

प्रकाशित : श्रावण २७, २०७७ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?