१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

भूषण यादव

वीरगन्ज — ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु


कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । ‘कोरोना संक्रमित ६० वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार साझ मृत्यु भएको छ,’ डा.सिंहले भने, ‘गत साउन २४ मा उनी कोरोना पोजिटिभ पुष्टि भएपछि यहाँ भर्ना भएका थिए ।’ डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए । साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?