प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता 

जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता 

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै प्रधानमन्त्री ओलीले अन्य दुईपक्षीय विषयमा पनि कुराकानी गरेको बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको बताउँदै थप जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताए ।

प्रकाशित : श्रावण ३१, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?