लिदी पहिरो :  १६ जनाको शव भेटियो, २३ जना बेपत्ताको खोजी जारी 

बेपत्ता हुनेमा एक जना थपिए
अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका वडा नम्बर २ मा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव भेटिएको हो ।

लिदी पहिरो :  १६ जनाको शव भेटियो, २३ जना बेपत्ताको खोजी जारी 

जिल्ला प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुने १६ जनाकै सनाखत भएको छ ।

डीएसपी काफ्लेका अनुसार मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।

मृतकहरुको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ । बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको ५५ जनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ ।

गाउँपालिकाले पुष्टि गरेको ३८ जनाको सूचीमा वडाध्यक्ष प्रताप लामाको टोलीले स्थानीय कबिर दोङ बेपत्ता भएको नाम नभएको जानकारी दिएपछि एक जना बेपत्ता थपिएको डीएसपी काफ्लेले बताए । ‘आहिले थपिएका एक जनासहित २३ बेपत्ताको खोजी कार्य तीव्र बनाइएको छ, सिमसिमे पानीले गर्दा पहिरोको जोखिम बढाएको छ, उद्धार कार्य केही प्रभावित बने पनि सावधानीपूर्वक काम अगाडि बढ्दैछ,’ उनले भने ।

एक जना डिस्चार्ज, अन्य उपचारमै

जिल्ला अस्पताल चौतारामा उपचाररत घाइते जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ शनिबार दिउँसो डिस्चार्ज भएका छन् । ४३ वर्षीया जुनमाया दोङ, ६० वर्षीया केवरीङ दोङ र २३ वर्षीय पासाङ दोङ, ३५ वर्षका दावाग्याल्बो दोङको चौतारास्थित अस्पतालमा उपचार भइरहेको छ भने ४५ वर्षकी यामुलामु दोङको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ३१, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?