कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप ४६८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ५ हजार ६६० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७१६ जना रहेको छ ।मन्त्रालयका अनुसार देशभरी होम आइसोलेसनमा ५२३ जना रहेका छन् ।

प्रदेश १ मा ११५, प्रदेश २ मा ९८, वाग्मती प्रदेशमा १०५, प्रदेश ५ मा ९०, कर्णाली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा १०७ जना रहेका छन् । गण्डकी प्रदेशमा भने कोही पनि होम आइसोलेसनमा रहेका छैनन् ।

अस्पतालमा आइसोलेसनमा रहनेको संख्या भने ८ हजार १९३ रहेको छ ।

जिल्लागत नयाँ संक्रमितको विवरण

  • काठमाडौं ८०
  • ललितपुर ९
  • भक्तपुर ९
  • चितवन ९
  • बाँके ११
  • बर्दिया १२
  • धनुषा २७
  • काभ्रेपलाञ्‍चोक ९
  • रामेछाप १
  • मोरङ ६५
  • सप्तरी २
  • सिराह ५
  • सुनसरी १९
  • तेह्रथुम १
  • बझाङ १
  • डडेल्धुरा १
  • दोलखा ५
  • उदयपुर २
  • कपिलवस्तु ३२
  • नवलपरासी पूर्व २
  • बारा २
  • पर्सा २४
  • खोटाङ ६
  • रसुवा १
  • सर्लाही ५४
  • कास्की ११
  • दैलेख ३
  • सुर्खेत ५
  • गुल्मी १
  • रुपन्देही २
  • महोत्तरी ९
  • बागलुङ २
  • गोरखा १
  • स्याङ्जा १
  • तनहुँ १
  • दाङ ११
  • बर्दिया २
  • सिन्धुली १
  • मकवानपुर २१
  • रौतहट ४

प्रकाशित : श्रावण ३१, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?