पीसीआर परीक्षण ५ लाख नाघ्यो, होम आइसोलेसनमा ५२३ जना 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण ५ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ५ हजार ६६० परीक्षणहरु भएका हुन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

पीसीआर परीक्षण ५ लाख नाघ्यो, होम आइसोलेसनमा ५२३ जना 

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७१६ जना रहेको छ ।

मन्त्रालयका अनुसार देशभरी होम आइसोलेसनमा ५२३ जना रहेका छन् ।

प्रदेश १ मा ११५, प्रदेश २ मा ९८, वाग्मती प्रदेशमा १०५, प्रदेश ५ मा ९०, कर्णाली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा १०७ जना रहेका छन् । गण्डकी प्रदेशमा भने कोही पनि होम आइसोलेसनमा रहेका छैनन् । अस्पतालमा आइसोलेसनमा रहनेको संख्या भने ८ हजार १९३ रहेको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?